उद्योगी भर्सेस प्राधिकरण : प्राधिकरणले लेखा समितिमा बुझायो १ लाख पृष्ठको प्रमाण

उद्योगी भर्सेस प्राधिकरण : प्राधिकरणले लेखा समितिमा बुझायो १ लाख पृष्ठको प्रमाण


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले उद्योगीले विद्युत खपत गरेको प्रमाण लेखा समितिलाई बुझाएको छ । प्राधिकरण र उद्योगीबीच विगत लामो समयदेखि डेडिकेटेड र ट्रंक लाईनको विवाद जारी छ ।

यही विवादमा आधारित उद्योगीले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले लेखा समितिलाई बुझाउने भएको हो । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार उद्योगहरुको टीओडी मिटरको डेटासमेत गरी झण्डै १ लाख पृष्ठको विवरण समितिमा बुझाएको हो ।

उद्योगी र प्राधिकरणबीच २०७२ सालदेखि विद्युत खपत गरेको विवाद जारी छ । प्राधिकरण जसरी पनि उद्योगीले रकम बुझाउनुपर्ने बताइरहेको छ भने उद्योगीहरु प्रमाण बिना प्राधिकरणलाई एक रुपैयाँ पनि नबुझाउने बताइरहेका छन् ।

यसैबीच लेखा समितिले प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई स्पष्टिकरण सोध्ने र अख्तियारमा कारबाहीको पत्र लेख्ने तयारी गरेको सूचना बाहिरिएको थियो ।