काठमाडौं – रसुवातर्फ उडान भरेको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार मृतक ५ जनाकै पहिचान खुलेको हो ।
यसअघि हेलिकप्टरका पाइलटको मात्रै पहिचान खुलेको थियो । पाइलट अरुण मल्लबाहेकको पहिचान खुलेको थिएन ।
प्राधिकरणका अनुसार दुर्घटनामा परेर मृत्यू हुने अन्य ४ चिनियाँ नागरिक छन् । उनीहरु टाङ्ग जुटाओ, वु यियाओ, लि जेइ र छेइ जेमिङ्ग रहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया