काठमाडौं – मल्टीप्रपोज फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १३६ प्रतिशतभन्दा बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ८६ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार चौथो त्रैमासको अवधिमा नै ४२ लाख ६८ हजार नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा अत्याधिक धेरै हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ६ लाख २५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत आर्थिक वर्षमा फाइनान्सले ८७ लाख रुपैयाँ कर तिरेको छ ।
फाइनान्सले २३ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै १४ करोड ६० लाख रुपैयाँ ब्याज खर्च समेत गरेको वित्तीय विवरणमा उल्लेख छ । सोहीकारण गत आर्थिक वर्षमा फाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यसैगरी कूल सञ्चालन आम्दानी ११ करोड ५८ लाख रुपैयाँ गरेको छ । यसमध्ये खुद सञ्चालन आम्दानी ७ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको तथ्यांकमा उल्लेख छ । यसमध्ये २ करोड ९२ लाख रुपैयाँ कर्मचारी खर्च भएको छ ।
६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा ६ करोड २९ लाख रुपैयाँ छ । यस अवधिमा फाइनान्सको एनपीएल ८७.५८ प्रतिशत छ भने कस्ट अफ फन्ड्स ८.३९ प्रतिशत छ । यस्तै ११.३७ प्रतिशत बेस रेट रहँदा ‘इन्ट्रेस्ट रेट स्पेड’ ४.५१ प्रतिशत छ ।
प्रतिशेयर आम्दानी ११४.४ रुपैयाँ कायम रहँदा मूल्य आम्दानी अनुपात १०४.६२ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पत्तिको मूल्य ४२७ रुपैयाँ छ । यस्तै प्रति शेयर आम्दानी (वार्षिक) ५.०६ प्रतिशत छ ।
प्रतिक्रिया