यी हुन् आज सबैभन्दा धेरै मूल्य बढ्ने २१ कम्पनी (सूचीसहित)

यी हुन् आज सबैभन्दा धेरै मूल्य बढ्ने २१ कम्पनी (सूचीसहित)


काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.२५ अंकले बढेको दिन २१ वटा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । २.२८ प्रतिशतले बढ्दै नेप्से परिसूचक २७६० अंकमा पुगेको दिन ८ वटा कम्पनीका शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यस्तै १३ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबार अवधिभर २४२ वटा कम्पनीको शेयर कारोबार हुँदा १९१ वटाको बढेको छ । यस्तै ४४ वटाको घट्दा ७ वटा कम्पनीको मूल्य स्थिर छ ।

यसक्रममा २१ वटा कम्पनीका शेयरधनीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । आज युनाइटेड अजोड इन्स्योरेन्स, गुर्खास फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स र दिव्याश्वरी हाइड्रोपावरको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यसबाहेक मकर जितुमाया सुरि हाइड्रोपावर र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य समेत १० प्रतिशतले बढेको छ । यस्तै कुथेली बुखारी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, प्राग्रेसिभ फाइनान्स र ओरियन्टल होटलको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि आएको छ ।

यसैगरी समृद्धि फाइनान्स, मल्टिप्रपोज फाइनान्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, पोखरा फाइनान्स, महालक्ष्मी विकास बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

बेस्ट फाइनान्स, नेपाल फाइनान्स, हाइड्रइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य समेत ९ प्रतिशतले बढेको छ । प्रतिशतका आधारमा यीनै २१ कम्पनीका लगानीकर्ताले आज उच्च नाफा आर्जन गरे ।

समूहगत आधारमा आज सबै १३ वटै समूहको सूचक बढेको छ । यीमध्ये सबैभन्दा धेरै वित्त समूहको सूचक २६२ अंकले बढ्दा जीवन बीमा समूहको सूचक २६४ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहको सूचक २४३ अंक बढेको छ ।

यता होटल टुरिजम समूहको सूचक २०८ अंक, विकास बैंक समूहको सूचक १६९ अंक र उत्पादनमूलक समूहको सूचक १४१ अंकले बढेको छ ।