अर्थमन्त्रीले गरे नवनियुक्त अर्थसचिव डा. घिमिरेलाई स्वागत, अर्थ प्रशासनलाई सफल बनाउने विश्वास

अर्थमन्त्रीले गरे नवनियुक्त अर्थसचिव डा. घिमिरेलाई स्वागत, अर्थ प्रशासनलाई सफल बनाउने विश्वास


काठमाडौंँ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नयाँ अर्थसचिव स्वागत गरेका छन् । मन्त्रीपरिषद्को बैठकले २१ जना सचिवको सरुवा गर्नेक्रममा अर्थ सचिव र राजश्व सचिवको समेत सरुवा गरेको थियो ।

त्यसक्रममा अर्थसचिवमा डा. रामप्रसाद घिमिरेलाई आएका छन् । मन्त्री पौडेलले स्वागत गर्दै अर्थ चिव डा. घिमिरेलले प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गरे । यस्तै अर्थमन्त्री पौडेलले यसअघिका अर्थसचिव मधुकुमार मरासिनीलाई विदाई गर्दै बजेट निर्माण लगायत महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।

साथै मरासिनी जुनुकै ठाउँमा रहेपनि राष्ट्रका लागि योगदान गर्ने विश्वास समेत अर्थमन्त्री पौडेलले व्यक्त गरे । मन्त्रीपरिषद्को बैठकले अर्थसचिव मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ । यसक्रममा सचिव मरासिनीले जुन निकायमा रहेपनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे भने नवनियुक्त अर्थसचिव डा. घिमिरेले जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र अर्थमन्त्रीलाई धन्यवाद दिँदै जिम्मेवारी पूरा गर्न पूर्णरुपमा लागिपर्ने बताए ।