बैंकिङ्ग समाचार, काठमाडौं ।
भक्तपुरमा प्रधान कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको गार्डेनमार्ट कीर्तिपुर शाखामा एटिएम बुथ स्थापना गरेको छ । मंगलबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश मर्हजनले एटिएम सेवाको उद्घघाटन गर्नुभएको हो ।
कौशलटारमा मुख्य कार्यालय रहेको संस्थाले धमाधम एटिएम बुथ राखी सदस्यलाई थप सेवा प्रदान गर्न थालेको छ । संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ समेत राखेर सेवा दिने संस्थाका मुख्य व्यवस्थापक लिलानाथ गौतमको भनाई छ । अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने मुख्य प्रबन्धक गौतमले बताउनुभयो ।
साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ ।
प्रतिक्रिया