स्याङ्गजाको पेलाकोट साना किसान कृषि सहकारी संस्थामा लुटपाट, गिरोह खोज्दै प्रहरी 

स्याङ्गजाको पेलाकोट साना किसान कृषि सहकारी संस्थामा लुटपाट, गिरोह खोज्दै प्रहरी 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग  समाचार, स्याङ्गजा ।
स्याङ्गजाको गल्याङ्ग नगरपालिका वडा–७ मा रहेको पेलाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी भएको छ ।

गत मंगलबार राती सहकारीको  कार्यलयमा लगाएको ताला फोडेर ५ लाख ५० हजार नगद चोरी भएको पेलाकोट सहकारीले जनाएको हो । चोरीका केही सिसिटिभी फुटेजहरु जिल्ला प्रहरीलाई प्राप्त भएको र गोप्य प्राविधिक टोलीले यस घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।   

सहकारीमा रहेको सिसिटिभि फुटेजमा हेर्दा अनुहार प्रष्ट नदेखिएका दुई जना व्यक्तीहरुले दराजबाट पैसा निकाल्दै गरेको देख्न सकिन्छ । सहकारीसँगै जोडिएको एक स्थानीयको घरमा समेत चोरी भएको आंशका प्रहरीले गरेको छ ।

यद्यपी तथ्य भने अझै नखुलीसकेको प्रवक्ता अधिकारीले जानकारी दिए । किसानहरुले गरेको बचत चोरी हुँदा स्थानीय कृषकहरु आक्रोसित भएका छन ।
यस घटनाको थप छानविन भइरहेको र छिट्टै गिरोह पत्ता लाग्ने प्रहरीको भनाई छ ।