नेपाल सेवा लघुवित्तको सेयर वीन लघुवित्तको नामबाट कारोबार हुने

नेपाल सेवा लघुवित्तको सेयर वीन लघुवित्तको नामबाट कारोबार हुने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर वीन लघुवित्त वित्तीय संस्थाको नामबाट डिम्याट खातामा जम्मा भएको छ ।

दुई लघुवित्तबीच मर्जर सिम्पन्न भएपछि लघुवित्तको सेयर कारोबार विन लघुवित्तको नामबाट कारोबार हुने भएको हो । दुई संस्थाले कात्तिक १५ गतेदेखि विन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । कम्पनीको सिम्बोल डब्लुएनएलबि (WNLB) रहेको छ । कम्पनीको थप सेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार सुरु हुनेछ ।

नेप्सेमा सूचीकृत नेपाल सेवा लघुवित्त र सूचीकृत नरहेको वीन लघुवित्त वित्तीय संस्थाबीच मर्जर स्म्झौता पश्चात २०७७ पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको सेयर कारोबार बन्द रहेको छ । कारोबार बन्द हुँदा लघुवित्तको अन्तिम कारोबार मूल्य ८३० रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंकको सञ्चालक समितिको निर्णय अनुसार साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले विन लघुवित्त वित्तीय संस्था लिमिटेलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपछि कात्तिक १५ गते सोमबारदेखि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार भएको थियो ।

२०७७ साल मंसिर ३० गते नेपाल सेवा र विन लघुवित्तले मर्जर सम्झौता गरेका थिए । नेपाल सेवाको ७५ कित्ता शेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुवित्त मर्जरमा गएका हुन् ।

हाल नेपाल सेवाको चुक्ता पूँजी ६ करोड १५ लाख तथा विन लघुवित्तको २ करोड १० लाख रुपैयाँ छ । नेपाल सेवाको ७५ बराबर वीनको १०० कित्ता अनुपातमा मर्जरपछि बन्ने लघुवित्तको चुक्ता पूँजी ७ करोड ७० लाख रुपैंया हाराहारी पुगेकाे छ । मर्जरपश्चात बनेको लघुवित्तको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहेको छ । 

नेपाल सेवा लघुवित्तले सर्वसाधारणमा सेयर निष्काशन गरिसकेको छ भने विन लघुवित्तले निष्काशन गरेको छैन । जसका कारण मर्जरपछि बनेकाे वीन नेपाल लघुवित्तमा संस्थापक शेयरको हिस्सा बढ्न जानेछ । उक्त अनुपात मिलाउनका लागि लघुवित्तले सर्वसाधारणमा थप नयाँ शेयर (एफपीओ) निष्काशन गर्नेछ ।