बैंक वित्तीय संस्था सेयरधनी रहेको कर्जा सूचना केन्द्रले १०% नगद बाँड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
बैंक तथा वित्तीय संस्थाहरुको ऋणको जानकारी राखेर एकअर्कालाई सूचना आदनप्रदान गर्न खुलेको कर्जा सूचना केन्द्रले नगद लाभांश वितरण गर्ने भएको छ। 
कम्पनीको चुक्ता पुँजी ४३ करोड ६२ लाख रुपैयाँ छ। यसको १० प्रतिशत नगद लाभांश दिन लागेको हो। अर्थात सेयरधनीले गत बर्षको नाफाबाट ४ करोड ३६ लाख रुपैयाँ नगद पाउने छन्।

कम्पनीको सेयरधनी नेपाल राष्ट्र बैंकसहित ७१ जना छन्। यसमा ७६ प्रतिशत सेयर लगानी बाणिज्य बैंकहरुको छ। २७ मध्ये २४ बैंक सेयरधनी छन्।

कम्पनीले नगद लाभांशका साथै बार्षिक प्रतिवेदन पारित गर्न पुस २८ गते बार्षिक साधारणसभा डाकेको छ।