कुल निक्षेपको ३% राख्ने पैसासमेत नभएपछि बैंक वित्तीय संस्थाले ५७ अर्ब ऋण लिए, १३६ अर्ब दायित्व 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
२८ वटा बैंक तथा वित्तीय संस्थाहरुले एकैदिन ५७ अर्ब २८ करोड ७० लाख रुपैयाँ सापटी राष्ट्र बैंकसँग चलाएका छन्। सीआरआर निक्षेपको ३ प्रतिशत कायम गर्नु पर्छ। तरलता अभाव भएर अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसा नभएपछि बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधा (एसएलएफ) सापटी चलाएका हुन्।

चालु आर्थिक बर्ष बैंक तथा वित्तीय संस्थाहरुले २५ खर्ब ६ करोड ८० लाख रुपैयाँ एसएलएफ उठाइसकेका छन्। बैंक तथा वित्तीय संस्थाले सात दिन अवधिको स्थायी तरलता सुविधाबााहेक ओभर नाइट रिपो पनि चलाएका छन्। उनीहरुले सोमबार ७४ कराेड २७ लाख रुपैयाँ लिएका हुन्। चालु बर्ष ओभरनाइट रिपो ६८ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ लगेका छन्।

सोमबारसम्म बैंक तथा वित्तीय संस्थाको सापटी दायित्व एक खर्ब ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। उनीहरुले ओभर नाइट रिपोसमेत गरेर यो दायित्व पुगेको हो।