बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरीयन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओेमिक्रोन भाइरस पुष्टि भएको जनाएको हो।
मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका थिए भने उनीहरुले पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका थिए । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले मंगलवार पत्रकार सम्मलेन गरेर यस बारे जानकारी दिएको हो । दक्षिण अफ्रिकाबाट आएका उनीहरुको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।
साथै बैंक तथा वित्तिय क्षेत्रमा पनि यसले प्रतक्ष तथा अप्रतक्ष रुपमा असर पार्ने जानकारहरु बताउँछन । विगतमा कोभिड–१९ को संक्रमणले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको थियो ।
प्रतिक्रिया