बैंकहरुको औषत सीडी रेसियो ९० % माथि, सीआरआर कायम गर्न २० खर्ब सापटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९० प्रतिशत नाघेको छ। राष्ट्र बैंकका अनुसार केही बैंकको ९७ प्रतिशतसम्म सीडी रेसियो नाघेको छ।
राष्ट्र बैंकका अनुसार, दुई सातायता सीडी रेसियो निरन्तर ९० प्रतिशत माथि पुगेको छ। यहीबीचमा राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेर सीडी रेसियो असार मसान्तसम्म ९० प्रतिशतभित्र ल्याउने कार्ययोजना प्रस्तुत गर्न भनेपछि सीमा झन् नाघ्न थालेको हो।

राष्ट्र बैंकले सीडी रेसियो औषतमा ९०.८८ प्रतिशत पुगेको जनाएको छ। बैंकहरुको निक्षेप बढेको छैन भने ऋणमा निरन्तर वृद्धि छ। यही कारण सीडी रेसियो माथि पुगेको हो।

निक्षेप नभएर सीडी रेसियो मात्र बढेको छैन बैंकहरुसँग अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत नहुँदा निरन्तर राष्ट्र बैंकको सापटीको भर पर्न थालेका छन्। बिहीबार मात्र ३९ अर्ब ६४ करोड ५० लाख रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरेका छन्। चालु वर्ष बैंकहरुले २० खर्ब १६ अर्ब ११ करोड २० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्।