रोजगारी प्रवर्द्धन गर्न नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच सम्झौता भएको छ। 

युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका र नबिल बैंकबीच त्रिपक्षीय सम्झौता भएको हो। 

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, गाउँपालिकाका अध्यक्ष रतननाथ योगी र बैंकका नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरे। 

उक्त सम्झौताले जुम्लाको  तिलागाउँपालिकाका स्थानीय युवाहरुलाई उद्यमशिलता विकास, वित्तीय साक्षरताको आधारभूत परामर्श तथा तालिम दिई रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ।