कामना सेवा विकाश बैंकद्वारा १५ औँ वार्षिक उत्सवमा औषधी तथा ह्वील चियर वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।

देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका ६, नारायणटारस्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारी, संघका पधादिकारी, वडा अध्यक्ष रमेश अर्याल तथा स्थानीयको उपस्थिती थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ ।

\"\"