बैंकिङ्ग समाचार, काठमाडौं ।
नविल बैंकले ‘ग्लोबल एसएमई फाइनान्स’ अवार्ड २०२१ पाएको छ।
विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि जिटुओको ग्लोबल साझेदारी (जीपीएफआई) बाट अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट बैंक सम्मानित भएको हो।
आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको हो।
हालकोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्˚त एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको बताएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताए।
उनले प्रविधि प्रयोगमार्फत रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तिय पहुँच पु¥याउन उल्लेख्य भुमिका खेलेको बताए। गत महिना पनि नबिल बैकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो।
नबिल बैंकका १३५ शाखा, १८८ एटिएम र १५०० बढी नबिल रेमिट एजेन्टहरु छन्।
प्रतिक्रिया