कुमारी बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
कुमारी बैंक लिमिटेडले सेयरधनीहरूले ६ प्रतिशत बोनस सेयर पाउने भएका छन्।

बैंकको २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपपछि मात्र योग्य शेयरधनीले दाबी गर्न पाउनेछन्।

सो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी  १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रूपैयाँ हुनेछ। 

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १५७ अर्ब १७ करोड रूपैयाँ परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड रूपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड रूपैयाँ तथा १ अर्ब ९७ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ।