बैंक अफ काठमाण्डूको सिईओमा श्रवणलाल मास्के नियुक्त, ३ दशकभन्दा बढि अनुभव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृतमा श्रवललाल मास्के नियुक्त भएका छन्। बुधबार बसेको संचालक समितिको बैठकले ब्यवस्थापकीय नेतृत्व मास्केलाई दिने निर्णय गरेको हो।

चार बर्षे कार्यकाल पुरा गरेर शोभनदेव पन्त अवकाश भएपछि कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा मास्के थिए। उनी तीन महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिए।  मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा  कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ। 

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ।  मास्के बैंक अफ काठमाण्डूको नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनी लम्बिनी बैंकमा पनि नायव प्रमुख कार्यकारी अधिकृत थिए। लुम्बिनी बिओकेमा मर्ज भएपछि उनी यता जोडिएका हुन्।