नबिल बैंकले घोषणा गर्यो बैंकहरुमै धेरै लाभांश, ३८ % दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने भएको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने भएको हो। 

बैंकले प्रस्ताव गरेको लाभांशमा ३३।६ प्रतिशत बोनस सेयर र ४।४ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो चार बर्ष यताकै उच्च हो। बैंकले अहिले कायम चुक्तापुंजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। अहिले बैंकको चुक्ता पुंजी १३ अर्ब ८४ करोड रहेको छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी करिब १८ अर्ब पुग्नेछ।  

बैंकले गत आर्थिक बर्ष ४ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।