चाबहिल तरकारी बजारमा सनराइजको क्यूआरबाट भुक्तानी सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ।

उक्त कारोबारको आज एक कार्यक्रकाबीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले सुरु गरेका हुन्। 

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामाग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन्। 

ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्री वाइफाइको समेत व्यवस्था गरेको छ।

ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ।