नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ। 

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए।