ग्लोबल आइएमई बैंकले कमायो तिन महिनामा १ अर्ब ११ करोड

ग्लोबल आइएमई बैंकले कमायो तिन महिनामा १ अर्ब ११ करोड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोबल आइएमई बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ११ करोड २२ लाख खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशतले नाफा बढाएको छ । 

सेयर विक्रीबाट २० करोड कमाएको ग्लोबल आइएमई बैंकले कर्जा लगानी भने ७ प्रतिसतले बढाएको छ । बैंकको स्प्रेड दर ५.०३ प्रतिशतबाट घटेर ३.४९ प्रतिशतमा पुगेको छ । सो कारण खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर २ अर्ब ३३ करोडमा आइपुगेको छ । 

प्रोभिजनिङ घटेको छ । गत आवमा ५१ करोड ७० लाख रहेकोमा यस पटक  ३३ करोड ४२ लाख हुँदा नाफामा बढोत्तरी देखिएको हो । बैंकले सर्वसाधारणलाई २ खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ ।