नबिल बैंकको खुद नाफा ३ महिनामै एक अर्ब माथि, ४३ प्रतिशतले बढ्यो ब्याज आम्दानी

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब बढी नाफा कमाएको छ। नबिल बैंकले गत आर्थिक बर्षको तुलनामा करिब ७।३९ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ११ करोड २२ लाख आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधीमा बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशते बढेपनि इम्पेरमेन्ट चार्ज १६३.६६ प्रतिशतले बढ्दा बैंकको खुद नाफा प्रभावित भएको हो। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ।     

खुद मुनाफा बढेपनि बैंकको प्रति सेयर आम्दानी भने ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ।   

बैंकले ब्याज आम्दानीबाट २ अर्ब २४ करोड, कमिसनबाट ४४ करोड कमाएको छ। १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकले असोज मसान्तसम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरि २ खर्ब ७ अर्ब कर्जा लगानी गरेको छ। 

यस अवधिमा बैंकको बैंकको जगेडा कोष ४.६७ प्रतिशत बढेको छ भने निक्षेप १.०८ प्रतिशतले र कर्जा ४.७१ प्रतिशत बढेको छ। त्यस्तै खराब कर्जा अनुपात ०.६५ प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ।