सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ७३ प्रतिशतले बढ्यो, इपिएस कति ?

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा खुद नाफा ७२.७१ प्रतिशतले बढाएर ५ करोड ४४ लाख पुर्याएको छ। गत बर्षको यस अवधिमा बैंकले ३ करोड १५ लाख खुद नाफा आर्जन गरेको थियो।   

त्यस्तै बैंकको संचालन मुनाफा १४२.६३ प्रतिशतले बढेर ३ करोड २० लाख बाट ७ करोड ७७ लाख पुगेको छ भने मुख्य आम्दानीको रुपमा लिईने  खुद ब्याज आम्दानी ३६ करोड ५० लाख आर्जन भएको छ।   

यस अवधीमा बैंकले ४७ अर्ब ४० करोड निक्षेप संकलन गरि ४१ अर्ब २८ करोड कर्जा लगानी गरेको छ। गत बर्ष बैंकले ३२ अर्ब निक्षेप संकलन गरि २६ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको थियो। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी गत बर्षको तुलनामा बढेर ७ रुपैयाँ ९६ पैसा पुगेको छ। गत बर्षको यस अवधिमा बैकको इपिएस ४ रुपैयाँ ८४ करोड थियो। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत, कस्ट अफ फण्ड ६.८५ प्रतिशत, सीडी रेसियो ८५.२४ प्रतिशत, बेस रेट ९.३४ प्रतिशत छ भने बैंकको प्रतिसेयर नेटवर्थ रु.१३७.२४, पीई रेसियो ४९.७८ गुणा, तरलता अनुपात २१.७२ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १३.०४ प्रतिशत छ।