बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
प्रतिक्रिया