बैंकिङ्ग समाचार, काठमाडौं ।
गुराँस लघुवित्त वित्तीय सँस्था लिमिटेडले आफ्नो छैटौं बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तको असोज ३१ गते बसेको संचालक समितिको १०३ औं बैठकले यहि कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको हो।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।
गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन।
लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६.९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरि कुल १७.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।
हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको यस पटकको साधारणसभा चुनावी साधारणसभा पनि हो। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ।






About Us
प्रतिक्रिया