अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा निशुल्क पैसा पठाउन सकिने

अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा निशुल्क पैसा पठाउन सकिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट कुनै पनि सहकारीमा निशुल्क पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।   

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको एक लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफरमा सहभागी हुन सक्नेछन् ।