लालीगुराँस सहकारीको छैठौं काउन्टर सूर्यविनायकमा

लालीगुराँस सहकारीको छैठौं काउन्टर सूर्यविनायकमा

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा खुलेको छ। संस्थाले यो सुविधा काउन्टरबाट आज शुक्रबारबाट कारोबार सुरु गरेको हो।
 
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले छैठौं काउन्टरको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै ठूलो सहकारीको रुपमा चिनाउन र सेवाग्राहीलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको जानकारी दिए। 

संस्थाले यसअघि संस्थाको ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर सञ्चालन गरिसकेको छ।
  
संस्थाले हालसम्म करिब ३ सय व्यक्तिहरुलाई प्रत्येक्ष रुपमा रोजगारी उपलब्ध गराएको छ।