एटीएमबाटै रकम जम्मा गर्न सकिने गरी नबिलले जारी गर्यो ‘नबिल क्यास मेसिन’, क्रेडिट कार्ड भुक्तानी पनि गर्न मिल्ने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यस ‘नबिल क्यास मेसिन’ ले ग्राहकहरुलाई एटीएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । 

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीन धारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।

 

How to use Nabil Cash Machine- NCM

No need to wait in a line to deposit your cash. Now you can easily deposit cash from Nabil Cash Machine. For further details, please contact our Customer Care Center at 01-5970015 or email us at customercare@nabilbank.com or write us at https://nabilbank.com/individual/grievance-handling #NabilBank #NabilCashMachine

Posted by NABIL BANK on Wednesday, August 18, 2021