काठमाडौं– ‘ग्लोबल मनी विक’ २०२४ सिटिजन्स बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । बैंक ग्लोबल मनीको विकको अवसरमा विद्यार्थीहरूमा वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न विद्यालय कलेजमा पुगिरहेको छ ।

यस वर्ष बैंकले कञ्चनजंगा नमुना क्याम्पस बिर्तामोड झापा, हल्दीबारी मावी हल्दीबारी झापा, एडिनबर्ग हेल्थ कलेज एन्ड रिसर्च विराटनगर, मोडेल कलेज अफ टे«निकल प्राइभेट लिमिटेड वीरगन्जमा पुगेर त्यहाँका विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको हो ।

जसअन्तर्गत, बैंकले विद्यार्थीहरूलाई वित्तीय साक्षरता, शैक्षिक ऋण, बैंकका उत्पादनहरू, डिजिटल बैंकिङ्गका फाइदा र चुनौतीहरू, बचत गर्ने बानी, निक्षेपको प्रभावकारिता,डिजिटल बैंकिङ्ग, मेरो शेयर र सी आस्बा प्रणाली लगायतका विषयमा विज्ञ प्रशिक्षकहरूबाट प्रशिक्षण दिएको छ ।







About Us
प्रतिक्रिया