१४५ प्रतिशतले बढ्यो मेरो माइक्रोफाइनान्सको खुद मुनाफा, कसरी गर्यो लोभलाग्दो प्रगति ?

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा मेरो माइक्रोफाइनान्सको खुद मुनाफा १४५.५१ प्रतिशतले बढेको छ। 

सार्वजनिक भएको अनअडिटेड वित्तीय विवरणअनुसार मेरो माइक्रोफाइनान्सले गत आर्थिक बर्ष ४४ करोड ७२ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष मेरो माइक्रोफाइनान्सले १८ करोड २१ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

त्यस्तै मेरो माइक्रोफाइनान्सले अन्य सँस्थाबाट लिने कर्जा सापटी १५४.९४ प्रतिशतले बढाएर १० अर्ब ५ करोड पुर्याएको छ भने सदस्यहरुबाट जम्मा भएको निक्षेप पनि ५२.३५ प्रतिशतले बढेर २ अर्ब ४१ करोड पुगेको छ। 

कर्जा सापटी तथा सदस्यबाट लिने निक्षेपमा उल्लेख्य वृद्धि गरेको मेरो माइक्रोफाइनान्सले गत आर्थिक बर्ष १३ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ। 

मेरो माइक्रोफाइनान्सलाई खुद ब्याज आम्दानीबाट प्राप्त हुने आम्दानी पनि अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ७३.४६ प्रतिशतले बढेर ९० करोड १० लाख पुगेको छ।   

यस अवधिमा मेरो माइक्रोफाइनान्सको चुक्तापुंजी २ अर्ब रहेको छ भने उसको रिजर्भ तथा सर्पल्समा ४ अर्ब ६३ करोड १२ लाख रुपैयाँ रहेको छ। 

यस अवधिमा मेरो माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी ४४ रुपैयाँ ७२ पैसा, प्रति सेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा तथा मुल्य आम्दानीको अनुपात ३४.५७ गुणा रहेको छ भने खराब कर्जा अनुपात झिनो अंकले बढेर ३.६५ प्रतिशतबाट ३.७८ प्रतिशत पुगेको छ।