निजामती कर्मचारीका दुई सन्तानको स्नातकसम्मको शैक्षिक बीमा सरकारले गर्ने

निजामती कर्मचारीका दुई सन्तानको स्नातकसम्मको शैक्षिक बीमा सरकारले गर्ने


काठमाडौं – निजामती कर्मचारीका दुई सन्तानको स्नातकसम्म शैक्षिक बीमा सरकारले गर्ने भएकाे छ । सोमबार संसदमा दर्ता भएको संघीय निजामती विधेयक, २०८० मा निजामती कर्मचारीका दुई सन्तानको स्नातकसम्म शैक्षिक बीमा गरिने प्रस्ताव पेश भएकाे हाे ।

यो ऐन कार्यान्वयनमा आएपछि निजामती कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक पर्ने खर्चको निमित्त तोकिए बमोजिम शैक्षिक बीमा सरकारले गर्ने छ ।