प्रि ओपन सेसनमा करिब १६ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.९८ अंकले बढेको छ। यस सेसनमा ४६ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ७ हजार ८७१ कित्ता शेयर किनबेच भएको छ।

आज यस सेसनमा ८९ कम्पनी कारोबारमा आउँदा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।