काठमाडौं – रकम नदिएमा ज्यान लिन्छु भन्दै रकम असुल गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका भुपाल जंग खड्का रहेका छन्। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खड्कालाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार खड्काले रकम नदिए ज्यान लिने भन्दै पटक–पटक म्यासेज तथा फोनमार्फत धम्की दिने गरेका थिए। उनले ‘ठेक्का काम गरेबापत हप्ता’ भन्दै रकम माग गर्ने, अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने तथा रकम दिन दबाब दिने गरेको भन्दै प्रहरी वृत्त थानकोटमा जाहेरी परेको थियो।
जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले खड्कालाई पक्राउ गरेको छ। खड्काविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त थानकोटले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया