भिसाको प्रयोजन विपरीत कार्य गर्ने पाँच विदेशी नागरिक पक्राउ


काठमाडौं- भिसाको प्रयोजन विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा विदेशी नागरिकहरूले भिसाको प्रयोजन विपरीत गैरकानुनी गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

सो क्रममा ठमेल क्षेत्रबाट चार जना बङ्गलादेशी नागरिक र दरबारमार्गबाट एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग, डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ।