नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई बिगोसहित ६ वर्ष जेल सजाय

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई बिगोसहित ६ वर्ष जेल सजाय


बैंकिङ्ग समाचार, काठमाडाैं- नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई ६ वर्ष १ महिना जेल सजाय ताेकिएकाे छ ।

 बैंकको सिस्टम ह्याक गरेर बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले काेइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे थियाे ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासलेले उनलाई ५४ लाख ८४ रूपैयाँ बिगाेसहित जेल सजायकाे फैसला गरेकाे हाे ।