बैंकिङ्ग समाचार, काठमाडौं- भारतमा कुवेत र यूएई उड्न लागेका ८ नेपाली पक्राउ परेका छन् । भारतकाे मुम्बईस्थित अध्यागमनका अधिकारीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) र श्रम स्वीकृति नक्कली भएकाे फेला पारेपछि छुट्टाछुट्टै घटनामा ८ जना नेपालीलाई पक्राउ गरेकाे बताएका छन् ।
कुवेत र यूएई जान लागेकाे अवस्थामा उनीहरूलाएई नियन्त्रणमा लिइएकाे हाे । पक्राउ पर्ने नेपालीहरूमा २२ वर्षीया माइली भोम्जन र ३२ वर्षीया भगवती डाँगी रहेका छन् । भेरिफिकेसनका क्रममा उनीहरूकाे श्रम स्वीकृति नक्कली भएकाे भेटिएकाे अध्यागमनका अधिकारीले बताएका छन् । उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएकाे हाे ।
यसैगरी गत साता नेपालका राजकुमार तामाङ (३०), रुपल खड्का (१९), अरुण खड्का (२०), करण बोहरा (१९), सुजन बोहरा (२०) र दिपेश लामिछाने (२८) लाई पक्राउ गरिएकाे अधिकारीले जानकारी दिएका छन् । नेपाली दूतावासको नक्कली एनओसी भेटिएपछि उनीहरू गत डिसेम्बर २० मा मुम्बई विमानस्थलबाट पक्राउ परेका थिए ।
पक्राउ परेका ८ जनाविरूद्ध भारतीय दण्ड संहिताअन्तर्गत ठगी र जालसाजीअन्तर्गत मुद्दा चलाइएकाे छ ।
प्रतिक्रिया