छानबिन समितिकाे निष्कर्ष : मीन घले समूहले गरेकाे सुन तस्करी १३८ किलाे


बैंकिङ्ग समाचार, काठमाडाैं– गएकाे मंसिर २१ गते राति त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो अवैध सुन प्रकरणको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेकाे निष्कर्ष निकालेकाे छ ।

मंसिर २१ गते राति सुनसहित विमानस्थल सुरक्षा कार्यालयले चन्द्र घलेलाई नियन्त्रणमा लिएकाे थियाे। त्यसैक्रममा उनीसँगै रहेका गोरखाका मीनबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

राति ११ः५६ बजे फ्लाइ दुबईको उडान नम्बर एफजेट ५७३ बाट आएका घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियाे । उनले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए।

छानबिन समितिले अंकित अग्रवाल नाम गरेका व्यक्तिले दुबईबाट सुन पठाउने गरेकाे समेत निष्कर्ष निकालेकाे छ ।