काठमाडौं – चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्रवेश मुनि शाक्य, अमित महर्जन र गोविन्द लामा रहेका छन्। ललितपुर महानगरपालिका–१५ डेरा गरी बस्ने बाँके कोहलपुर नगरपालिका–१० घर भएका २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटबाट सुन, चाँदी, नगद तथा जिन्सी धनमाल बुधबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
साथै, प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, मोबाइल ४ थान र नगद १ लाख ८५ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ। उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




About Us
प्रतिक्रिया