चितवनको टाँडीमा एथरको १७औं ‘एक्सपिरियन्स सेन्टर’


चितवन – नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औं ‘एथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। यससँगै चितवन र आसपासका क्षेत्रका ग्राहकका लागि एथरको विद्युतीय सवारी अनुभव थप सहज र पहुँचयोग्य बनेको कम्पनीले बताएको छ। 

नयाँ एक्सपिरियन्स सेन्टरको सञ्चालन डाइनामिक इनर्जी प्रालिले गरेको हो। चितवनकै आस्था चोकमा पहिलेदेखि नै एथर एक्सपिरियन्स सेन्टर सञ्चालन गर्दै आएको डाइनामिक इनर्जीको यो दोस्रो डिलरसिप शाखा हो। 

नयाँ सेन्टरबाट ग्राहकहरूले एथरका विभिन्न मोडेलको अवलोकन गर्न, आधुनिक प्रविधिको अनुभव लिन, टेस्ट राइड गर्न तथा विद्युतीय सवारीसम्बन्धी परामर्श प्राप्त गर्न सक्ने जानकारी दिइएको छ। टाँडी शाखा उद्घाटनको विशेष अवसरमा ग्राहकहरूका लागि विशेष चाडपर्व तथा ओपनिङ अफर पनि सार्वजनिक गरिएको छ।