बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको कात्तिक २१ गतेसम्मको तथ्यांकअनुसार एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ अर्ब रुपैयाँले बढेर ८५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ८५ खर्ब २६ अर्ब रुपैयाँ थियो।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको निक्षेप ७ अर्ब रुपैयाँले बढेर ७७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन वाणिज्य बैंकहरूको निक्षेप ७७ खर्ब ८ अर्ब रुपैयाँ थियो।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ६१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल कर्जा ६१ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो। कुल कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन यस्तो कर्जा ५४ खर्ब ३५ अर्ब रुपैयाँ थियो।

सो समयमा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह स्थिर रहँदै ६ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.९६ प्रतिशत र अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ।

Skip This