चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ


काठमाडौं – काठमाडौंको चाबहिलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई हाल गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा र जुगल गाउँपालिका–३ घर भई माकलबारी सानो पुल बस्ने १९ वर्षीय लाक्पा शेर्पा रहेका छन्। 

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७, चाबहिलस्थित प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा बा ८४ प ५४८४ नम्बरको सेतो–कालो रङको एनएस मोटरसाइकललाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

उनीहरूसँग सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको र बिक्री गर्ने व्यक्ति समीर तामाङ रहेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This