यूनिलिभर नेपालको लाभांश घोषणा, प्रतिकित्ता १५४० रुपैयाँ 


काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ हजार ५४० रुपैयाँ अर्थात प्रतिकित्ता १५४० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। 

कम्पनीको कात्तिक १३ बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई सो दरमा वितरण गरिनेछ। 

उक्त लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।