सांग्रिला डेभलपमेन्ट बैंक २३औं वर्षमा प्रवेश, विश्वसनीय बैंकिङ्ग सेवा दिने प्रतिवद्धता


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक २३ औं वर्षमा प्रवेश गरेको छ । बैंक आफ्नो स्थापनाको २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रियस्तरका विकास बैंकहरूमध्येको एक बैंक हो । वि.सं. २०६१ सालमा स्थापना भएको यस बैंकले स्थापनाकालदेखि नै आम नागरिकको वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकको सञ्चालक समितिमा समेत बैंकिङ्ग तथा वित्तीय क्षेत्रको लामो अनुभव र विशेषज्ञता हासिल गरेका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन्।

ग्राहक सेवालाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित देशभर फैलिएका १०९ वटा शाखा कार्यालय र दुई दर्जनबढी एटीएममार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ। ग्राहकमैत्री बैंकिङ्ग सेवा तथा आकर्षक वित्तीय योजनाका कारण बैंकले ग्राहकहरूको विश्वास जित्न सफल भएको बैंकले जनाएको छ।

साथै, ग्राहकको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर सञ्चालन गरिएका बैंकका विभिन्न सेवाहरूले संस्थाको व्यावसायिक विस्तार तथा उल्लेखनीय प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको समेत बैंकले जनाएको छ । यस्तै, बैंकले आगामी दिनमा सेवाहरुलाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै ग्राहकको भरोसालाई सदैव आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

बैंकले बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिहरू अवलम्बन गर्दै डिजिटल सांग्रिलामार्फत ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सधैँ प्रयासरत रहेकाे बताएकाे छ। ग्रामीण क्षेत्रका नागरिकसम्म बैंकिङ्ग सेवा पुर्‍याउन बैंकले विशेष जोड दिँदै आएको छ।