काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई दशौँ वार्षिक साधारण सधारण सभामा बोलाएको छ। संस्थाको कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आगामी मंसिर १४ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एस.आर होटलमा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरुहुनेछ।
सभामा हाल कायम १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ चुक्ता पुँजीको अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षणसहितको वित्तीय विवरण स्वीकृत गर्ने तथा आगामी लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।
त्यस्तै, संस्थाले मंसिर २० गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। जसअर्थ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर १९ गतेसम्म कारोबार भई प्रचलित कानुनअनुसार शेयर नामसारी भएका शेयरधनीले मात्र सभामा सहभागी हुन र मतदान गर्न पाउनेछन्।






About Us
प्रतिक्रिया