बैंकिङ्ग कसुर मुद्दामा ८० लाख बिगो तोकिएका राज कुमार विडारी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर बस्ने राज कुमार विडारी रहेका छन्। 

कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका विडारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। 

उनलार्य पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।