काठमाडौं – सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको दुई वटा सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको ८ नाल भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे नगरपालिका –०७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट ४ नाल गरी जम्मा ८ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो।
बरामद गरिएका भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ।






About Us
प्रतिक्रिया