काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार तीन जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीका सुन्दर मान राई, ललितपुरका शुसान्त विष्ट र दोलखाका बैकुण्ठे घतानी रहेका छन्।
राईमाथि चेक अनादर मुद्दामा २ वर्ष कैद, विष्टमाथि बैंकिङ्ग कसुर मुद्दामा १ वर्ष ६ महिना कैद र घतानीमाथि बैकिङ्ग कसुर मुद्दामा १ वर्ष कैद सजाय तोकिएपछि फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।






About Us
प्रतिक्रिया