काठमाडौं – बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडा अध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन्। डोल्पा जिल्ला अदालतबाट बैंकिङ्ग कसूर मुद्दामा थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सोही पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई असोज १२ गते त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
थापालाई अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको छ। थापा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।






About Us
प्रतिक्रिया