तारकेश्‍वर र तुल्सीधाराबाट १३ लाख बढीको धनमाल चोरी


काठमाडौं – काठमाडौंको तारकेश्‍वर र तुल्सीधाराबाट मङ्गलवार बेलुकी चोरी भएको छ। काठमाडौंको तारकेश्‍वर नगरपालिका – ८ फुटुङ बस्ने राजु भारतीको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल मङ्गलवार साँझ चोरी भएको हो।

यसैगरी, काठमाडौं महानगरपालिका– १५ तुल्सीधारा डेरा गरी बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका – ४ घर भएकी २८ वर्षीया साबित्रा मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल मङ्गलवार बेलुकी चोरी भएको छ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।