नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारी घुस प्रकरणमा दोषी ठहर


काठमाडौं – कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी दोषी ठहर भएका छन्। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। 

कर्जा प्रवाहमा तीन व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठमा अधिकारीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अधिकारीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए। छ वटा मुद्दामध्ये दुई वटामा दोषी ठहर, दुई वटामा आंशिक ठहर र दुई वटामा सफाइको फैसला भएको छ।